Monday, June 02, 2014

Tribute to king Birendra and queen Aiswarya

My King and Queen

I am Shocked,
I am Traumatized!
My soul battered!
I know, You dictate my fate and destiny,
And I know, I have to take it.
O God! How could you write such a destiny for my King and Queen?
What obstructed you from sparing the lives of their children?
Why did You choose this, among others?
Tell me, what made You so cruel?
My faith on You have shaken now.
Tell me more, what have You
Now for Nepali and Nepal?
Beware, I would deny anything,
But, my lost King and Queen!

Dr. Govind Prasad Thapa
3 June 2001

Friday, May 23, 2014

Prince Charles at Parbat of Nepal

जिल्ला पर्वतको चउरमा प्रिन्स चाल्र्स लाई विदाई गर्दै । फोटो पुरानो हो २०५४ सालको । म केही महिना पोखरामा कार्यरत हुँदा प्रिन्स चाल्र्सको पर्वत जिल्लाको एक गाउँको पैदल भ्रमण गर्नु भएको थियो । त्यस अवसरका दुईवटा कुरा संझन्छु ।
पहिलो, प्रिन्स चाल्र्स र उहाँका अंगरक्षक सबै जनाले प्याक लन्च आफै बोक्नु भएको थियो । लन्च पछि उहाँ हरु सबै जनाले आफैले बचेखुचेका सबै कुरा आआफनो प्याक झोलामा राख्नु भयो । त्यति मात्र होईन, प्रिन्स चाल्र्सले त बाटोमा देखेको स्यानो चकलेटको कागज पनि टिपेर आफनो खल्तीमा राख्नु भयो । नेपाल सरकारका मन्त्री सर्वेन्द्रनाथ शुक्ला र उहाँ संग आएका अन्यले भने त्यत्तिकै असरल्ल छाडेर हिंडनु भयो । प्रहरी कर्मचारी हरु कसैले पनि लंच बोकेका थियनांै । बरु मन्त्रीका गार्डले मन्त्रीका लागी लंच हातमा लिई हिंडेका थिए ।
दोश्रो, गाउँको स्कूलमा कार्यक्रम थियो । प्रिन्स चाल्र्सलाई हेर्न आउने हरुको भीड तर्फ पीठयँु गरी म र एस.एस.पी. रोहित थापा उभी रहेका बेला एक जना महिलाले मुख फोरेर भनिन् “कस्तो सुबदार जस्तो ठुलो मान्छेले छेक्यो” । हामीलाई हाँसो रोक्न नसकेर अप्ठयारो भएको थियो ।

Friday, May 09, 2014

My tribute to WWF Heroes

WWF Nepal Tel: + 4434820, 4434970
Programme Office Direct: 4410942
PO Box: 7660 Fax: + 00-977-1-4438458
Baluwatar
Kathmandu info@wwfnepal.org.np
Nepal www.wwfnepal.org.np
C1DD/G/M-N/06
12 October 2006
Dr. Govind P Thapa
AIGP (Rtd)
Subject: Moving into the future together
Dear Dr. Thapa,
WWF would like to thank you for your support provided during the tragic helicopter accident
that took place in Kangchenjunga on 23 September.
As we take the first steps into the future after the untimely loss of our conservation leaders and
visionaries, we would like to assure you of our commitment to working for and promoting a
better Nepal.
We now look forward to the coming years when we will continue to work more strongly
towards attaining conservation goals. As an organization, we will follow through on the
foundation that was laid by those who we lost. Their vision and dedication will light our path.
Once again, we would like to commit that we will continue to work more closely and move
more strongly towards attaining conservation goals in Nepal.
Thanking you,
Sincerely,
Anil Manandhar
Country Representative a.i.

Thursday, January 30, 2014

Seminar on Origin of Magar

आज आफ्नै जातिका बारेमा छलफल थियो अर्थात मगरको उत्पत्ती र नामाकरण बिषयमा । नेपाल प्राग्या प्रतिस्ठान का कुलपती बैरागी काइला मुख्य अतिथी र मगर अध्ययन केन्द्र का अध्यछ डा गोविन्द प्रसाद थापा को सभापतित्वमा भएको गोस्ठीमा बिष्णु सिन्जालिको अवधारणा पत्रमा प्रा डा प्रेम कुमार खत्री तथा
डा रमेश कुमार ढुङेलको टिप्पणी साथ प्रारम्भ भएको छलफलमा धेरै वक्ताहरुले आफ्नो धारणा राख्नुभयो । य्स्तो गहन बिषयमा आगामी दिनहरुमा पनि छलफल हुनुपर्ने सुझावका साथ गोस्ठी सम्पन्न भयो ।

Friday, December 27, 2013

Border Security

५ अप्रिल । सीमाविद्हरूले अहिलेसम्म नेपालको ७१ ठाउँमा भारतले सीमा मिचिएको बताएका छन् । भारतले अहिले पनि सीमा मिच्ने क्रम जारी राखेकाले नेपालको सीमा झनै खतरामा पर्दै गरेको समेत उनीहरूको धारणा छ ।piller नेपालको सबैभन्दा बढी कालापानी क्षेत्रमा ३७ हजार हेक्टर क्षेत्रफल र सबैभन्दा कम इलामको पशुपति नगरमा आधा रोपनी जग्गा भारतले मिचेको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताउनुभयो । त्यस्तै चौध हेक्टर नवलपरासीको सुस्तामा सीमा मिचिएको उनले बताउनुभयो। दश वर्ष अघि ५३ ठाउँमा सीमा मिचिएकोमा अहिलेसम्म आइपुग्दा ७१ ठाउँमा मिचिसकेकाले भारतले सीमा मिच्ने क्रम नरोकिएको प्रष्ट भएको सीमा विद् श्रेष्ठले उक्ति छ ।
दस वर्षअघि सीमा सम्बन्धी आफूले निकालेको किताबमा ५३ स्थानमा सीमा मिचिएको पाइएकोमा अहिले ७१ स्थानमा मिचिँदासम्म नेपाल सरकार मौन रहेको उहाँले बताउनुभयो। तत्कालीन समयमा ६० हजार हेक्टर सीमा अतिक्रमण भएकोमा अहिले ६० हजार ६००हेक्टर अतिक्रमण भएको समेत उनले बताउनुभयो । त्यस्तै अर्का विज्ञ फणीन्द्र नेपालको पनि सीमाको विषयमा नेपाल सरकार गम्भीर नभएको भनाइ छ । ग्रेटर नेपाल निर्माणका लागि सबै एकजुट हुनुपर्ने, विगतका सन्धि सम्झौता पुनरावलोकन हुनुपर्नेमा उनले जोड दिनुभएको छ । अर्का विज्ञ तथा अधिवक्ता डा गोपाल सिवाकोटी चिन्तनले विगतमा आन्दोलनमा होमिएको एनेकपा माओवादीले पनि सीमा को विषयमा कुनै काम गर्न नसकेको आरोप लगाउँदै सीमा को विषयमा नेपाल कडाइका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

सीमा अतिक्रमण गर्दै जाने षडयन्त्र


काठमाण्डौ। राष्ट्रिय सुरक्षाा परिषद सचिवालयले गरेको अध्ययन अनुसन्धानको प्रतिवेदन प्रधानमन्त्री माधवकुमार नेपाललाई बुझाएका छन् र त्यो प्रतिवेदनमा राष्ट्रिय सुरक्षामा कसबाट कसरी आँच आउने काम भएको छ भनेर स्पष्ट बुझ्न सकिने गरी सरकार प्रमुखलाई सजग गराइएको छ। आफै बुई चढेर प्रधानमन्त्री बनेको ‘अतिक्रमणकारी पक्ष’ लाई माधव कुमार नेपालले कसरी संवोधन गर्ने छन् त्यो भने हेर्न बाँकि छ। राष्ट्रिय सुरक्षा परिषद् सचिवालय भनेको अत्यन्त संवेदनशील औपचारिक निकाय हो। त्यस्तो निकायले निकालेको निश्कर्षप्रति बे–वास्ता गर्नु भनेको अत्यन्त निकृष्ट व्यवहार हो।
राष्ट्रिय सुरक्षाका मामलामा पनि गम्भीर अवस्थाको प्रतिवेदन प्राप्त गर्दा पनि निरीहर लाचार बस्नु एक प्रकाकरो राष्ट्रप्रति गद्दारी र बेइमानी पनि हो। तसर्थ माधवकुमार नेपालमा एकरत्ति पनि राष्ट्रिय स्वाभिमानको लेस बाँकि छ भने त्यस्ता ‘अतिक्रमणकारी पक्ष’लाई परास्त गर्न देशब्यापि आन्दोलनका लागि समस्त राजनीतिक दल र देशभक्त जनताहरूलाई आग्रह गर्नुपर्दछ।   ‘रणनीतिक दृष्टिले उपयोगी भू–भाग कब्जामा लिने नीति अतिक्रमणकारीले लिएको’ जस्तो प्रतिवेदनमा किटानी गरिसकिएपछि यो अतिक्रमणकारी को रहेछ भनेर प्रश्न गरि रहनै परेमा यसो गर्ने भारत नै हो। तर सरकार प्रमुख र परराष्ट्र मन्त्री यस मामलामा चुप देखिन्छन्।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले प्रधानमन्त्रीलाई बुझाएको सो गोप्य प्रतिवेदनमा ‘अतिक्रमणकारी पक्षले नेपालको बिग्रँदो राजनीतिक स्थिति एवं कमजोर सुरक्षा प्राणालीका कारण आफ्नो सुरक्षा घेरालाई कसिलो बनाउँदै सीमाका रणनीतिक दृष्टिले उपयोगी रणनीतिक दृष्टिले उपयोगी भूभागमा कब्जा जमाउँदै अघि बढ्ने नीति लिएको स्पष्ट देखिएको उल्लेख गरेको छ। प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी सल्लाह दिने परिषद्मा रक्षा सचिव संयोजक, नेपाली सेनाका उपरथी सहसंयोजक, प्रहरी र सशस्त्र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक सदस्य छन्। प्रधानमन्त्री कार्यालय स्रोतबाट प्राप्त परिषद्को ३२९ नम्बरको विशेष विश्लेषण प्रतिवेदनमा ‘अतिक्रमणकारी पक्ष’ भनेर भारतीय पक्षलाई संकेत गरिएको देखिन्छ। केही दिनअिघ नेपाल भ्रमणमा आएका मारतीय विदेश सचिव शिवकुमार मेनन र नेपालस्थित राजदूत राकेश सुदले परराष्ट्रमन्त्री सुजाता कोइरालाकै उपस्थितिमा ‘सिमा विवाद नरहेको’ भनी दिएको अभिव्यक्तिको सांकेतिक विरोध प्रतिवेदनमा छ।  ‘जनस्तरमा सीमा विवादले व्यापकता पाइरहेका बेला नेपाली राजनीतिक दलका नेतृत्व पंक्ति एवं उच्च प्रशासनिक व्यक्ति र कूटनीतिक मर्यादासमेत ख्याल नगरी नेपाली नेताहरूलाई साक्षी राखी अतिक्रमणकारी पक्षबाट सीमा विवाद अतिक्रमणकारी पक्षबाट सीमा विवाद हालको प्रमुख मुद्दा नभएको भनी जारी गरिएको वक्तव्यले नेपाली पक्षको मनोबल गिराएको छ’ प्रतिवेदनमा उल्लेख छ।
मेचीदेखि महाकालीसम्मका सीमा अतिक्रमणका साथै दुर्व्यवहारका घटना व्यापक भइरहेको प्रतिवेदनमा औल्याइएको छ। ‘सीमासम्बन्धी विवादलाई सार्वभौम सत्ता सम्पन्न संसदका टोलीले स्थलगत भ्रमण गरी यथार्थता पुष्टि गरिसकेको अवस्थामा’ नेपाली राजनीतिक नेतृत्व तथा अतिक्रमणकारी पक्षबाट आएको गैरजिम्मेवार अभिव्यक्तिप्रति ध्यानाकर्षण गराइएको छ’। राजनीतिक तहमा मुलुकको हितभन्दा पनि दलगत एवम् व्यक्तिगत स्वार्थका लागि राष्ट्रियतालाई साधनका रूपमा उपयोग गर्ने द्वैध मानसिकता रहेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तो मानसिकता अन्त्य नभएसम्म यस्ता विषयवस्तु दोहोरिइरहने, सीमावासी जनताले सास्ती बेहोरिरहनु पर्ने र सीमास्तम्भसमेत सुरक्षित नहुने अवस्था रहेकोतर्फ प्रतिवेदनमा सचेत गराइएको छ।  ‘राष्ट्रियतासँग गाँसिएका मुद्दालाई सत्ताको भर्यातङ बनाउने प्रवृत्तिको अन्त्य हुनु अति आवश्यक देखिएको छ’, प्रतिवेदनको निचोड उपशीर्षकअन्तगैत १० नम्बर बुँदामा भनिएको छ।   राष्ट्रिय दृष्टिले ज्यादै महत्व राख्ने र दीर्घकालीन असर पार्ने यस्ता द्विपक्षीय एवम् कूटनीतिक विषयलाई हलुका ढंगबाट प्रस्तुत नगर्नसमेत सुझाव दिइएको छ। परिषद्ले सीमा क्षेत्रमा अविलम्ब उच्चस्तरीय प्राविधिक टोलीसहितको संयन्त्र खटाउन र राजनीतिक, कूटनीतिक तथा प्रशासनिक प्रक्रियाबाट समस्या समाधान गर्नु अति जरुरी भएको निष्कर्ष निकालेको छ।
तत्कालका लागि सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बललाई आर्थिक, भौतिक र सांगठनिक रूपले विस्तार गर्न तथा सशक्त बनाउन सकेमात्र पनि सीमा क्षेत्रमा बेलाबखत देखिने विवाद केही हदसम्म नियन्त्रण हुने परिषद्को ठहर छ।
सबै सुरक्षा निकाय मातहतका अधिकृत र अन्य कर्मचारीसहित करिब ६० जनाको दरबन्दी रहेको परिषद्ले साप्ताहिक र विशेष परिस्थितिमा दैनिक रूपमा समेत प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने एक सदस्यले बताएका छन्।

Issue of Border Security in Nepal


President of Common Concern Nepal, Mr Gyanendra P. Adhikari presents Certificate of Appreciation to Dr. Govind P. Thapa, President of Centre for Security and Justice Studies, for delivering a lecture on 'Issue of Border Security in Nepal' on Dec 27, 2013.
 

Saturday, November 30, 2013

Upon Iman Singh Chemjong's book

Late Iman Singh Chemjong was a historian. His book 'History & Culture of the Kirat People' is a much applauded book among Kiranti people. However, Saurabh has found some anomalies in his work. Here is the link to that article of Saurabh.

 चेम्जोङलाई पढेर